वीरगञ्ज, फागुन २५ । पर्सामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। पर्सागढी नगरपालिका– ८ हरपुरको रमौली गाउँ बस्ने ३७ बर्षकी घुघुली राम घाईते भएका हुन्।
मनवादेखि उत्तर जंगलमा दाउरा लिन गएको अवस्थामा दिउँसो साढे १ बजेतिर उनलाई बाघले आक्रमण गरेको थियो। उनको अनुहारमा चोट लागेको छ। सँगै गएका साथीहरुले हो–हल्ला गरेर बाघलाई धपाएका थिए।
उनलाई सँगै दाउरा लिन गएका लक्ष्मण महतो थारु लगायतले उद्दार गरी ल्याएका थिए। घटना भएको २ घण्टापछि प्रहरीले जानकारी पाएको थियो। घुघुलीलाई उपचारका लागि नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक पूर्ण दहालले जानकारी दिए।
Facebook Comments

























