चितवन, फागुन २५ । प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द (विप्लव) समुहका एक कार्यकर्ता पुर्वी चितवनबाट पक्राउ परेका छन्।
रत्ननगर क्षेत्रमा अराजक गतिविधि, चन्दा आतंक मच्चाउदै आएको भन्ने गोप्य सुचनाको आधारमा रत्ननगको सालघारीबाट चन्द समुहका रत्ननगर नगर सचिव ४६ वर्षीय गञ्ज सिं गुरुङलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ।
पक्राउ परेका गुरुङलाई सार्वजनिक हित, सुरक्षा, स्वास्थ्य, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्ध व्यवहार मुद्धामा म्यादथप गरी अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार शाहाले जानकारी दिए।
Facebook Comments


























