दिल्ली, फागुन २५ । उत्तरपूर्वी दिल्लीमा फागुन १२ र १३ गते भड्किएको हिंसामा २१ सय ९३ जनालाई पक्राउ गरिएको छ।
अहिलेसम्म ६९० वटा उजुरी दर्ता गरिएको छ। शनिवार अबेर राति दिल्ली प्रहरीले यसको जानकारी दिएको हो। हिंसाका बेलामा हतियार प्रयोग गरेको आरोपमा ५० जना पक्राउ परिसकेका छन्।
दिल्लीको एक अदालतले शाहीन बाग नजिक हावामा तीन गोली चलाउने कपिल गुर्जरलाई जमानत दिएको छ।
दल्लूपुरामा बस्ने कपिलले माघ १८ गते नागरिकता संशोधन कानूनको विरोध गर्ने प्रदर्शनकारीहरूलाई तितरबितर गर्नका लागि चेतावनीस्वरूप हावामा तीन गोली चलाएका थिए। त्यसक्रममा उनले साम्प्रदायिक नारा पनि लगाएका थिए। न्यायाधीश गुलशन कुमारले उनलाई २५ हजार भारु जमानतमा रिहा गर्ने आदेश दिए।
Facebook Comments

























