चितवन, फागुन २४ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङ्ग बजारमा माइक्रोबस दुर्घटनामा परेको छ।
माइक्रो बस अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। उक्त माइक्रो सडकसँग जोडिएको घरलाइ ठक्कर दिन पुगेको थियो।
चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख २५७३ नम्बरको माइक्रो बस बिहान अनियन्त्रित भएर घरभित्रै छिरेको थियो।
दुर्घटनामामा केही यात्रु सामान्य घाइते भएका छन्।
Facebook Comments


























