गोरखा, फागुन २४ । गोरखाको जौबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिराञ्चोक गाउँपालिका ८ जौबारीमा ग १ त ४६८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दाङका यज्ञबहादुर भण्डारीको मृत्यु भएको हो।
दुर्घटनामा २ जना घाइते छन्। दाङका २९ वर्षीय सुवास थापामगर र बारपाक सुलिकोट ३ का सुमन अधिकारी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारका लागि चितवन रिफर गरिएको गोरखा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए।
Facebook Comments

























