फागुन २४ । साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन्। राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ।
राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको बताइएको छ।
पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन्।
पक्राउ परेका मध्ये दुई जना राजाको निकटका व्यक्ति हुन्। अनुहारमा मास्क लगाएर कालो लुगा लगाएका व्यक्तिहरुले उनीहरुलाई पक्राउ गरेका थिए।
सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्यहरु, मन्त्री तथा व्यवसायीहरुलाई रियादको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएपछि त्यहाँभित्रको विवादका बिषय बाहिरिदै आएका छन्।
Facebook Comments


























