इटाली, फागुन २४ । महामारीको रुपमा फैलिँदै गएका कोरोना भाइरसको संक्रमण इटालीमा थप चुनौतिपूर्ण बनेको छ। इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ।
शुक्रबार एकै दिन ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै २०० पुगेको हो।
इटालीमा अहिलेसम्म ४६ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाका कारण चीन बाहिर सबैभन्दा धेरैको मृत्यु हुने देश इटाली हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म झण्डै एक लाखजनामा कोरोनाको संक्रमण भएको जनाएको छ। अहिलेसम्म विश्वभर गरेर ३२ सयजना भन्दा बढीको ज्यान गएको छ। ज्यान गुमाउने अधिकांश चीनका छन्।
Facebook Comments


























