काठमाडौं, फागुन २३ । नेपालमा ६ महिनासम्म पुग्ने औषधि रहेको नेपाल औषधी उत्पादक संघले जनाएको छ
भारतले २६ प्रकारका औषधी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधी अभाव हुने अनुमान गरिएपछि ६ महिनासम्म पुग्ने औषधी नेपालसँग रहेको संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले बताए।
गएको जनवरी महिनामा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको पनि उनले बताए। नेपाल औषधी व्यवसायी संघले पनि प्रेस विज्ञप्ति निकालेर ३ महिनाको लागि औषधी मौज्दात छ भनेकोले ६ महिनासम्म आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।
संघका महासचिव विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अप्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।
Facebook Comments

























