मुम्बई, फागुन २३ । कोरोना भारसको संक्रमण विश्वभर खेलकुद, सिनेमा देखि धेरै क्षेत्रमा परिरहेको छ। यसै क्रममा बलिवुडको प्रतिष्ठित अवार्ड इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह पनि स्थगित भएको छ।
मध्यप्रदेशको इन्दोरमा यहि मार्च २७ देखि २९ सम्म हुने भनिएको आइफा अवार्ड कोरोना भाइरसका कारण स्थगित भएको छ। आइफाको आयोजकले मध्यप्रदेश सरकारसँगको छलफलपछि अवार्ड समारोह अहिलेलाई स्थगित गरेको जानकारी दिएको छ।
परिस्थिति अनुकुल भएपछि आइफाको नयाँ मिति घोषणा गरिने आयोजकले जानकारी दिएका छन्।
यस पटकको आइफा सुपरस्टार सलमान खान र रितेश देशमुखले होष्ट गर्ने भएका थिए।
Facebook Comments

























