चितवन, फागुन २२ । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी भरतपुर महानगरपालिका वडा नं- २ क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ।
सिद्दिविनायक बचत तथा ऋण सहकारी संस्था, फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवन र कृषि प्रवर्द्धन बजार विकास प्रा.लिको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

हरेक वर्ष गर्दै आएको रक्तदान कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मदन सापकोटाले जानकारी दिए।
कार्यक्रममा ५० पुरुष र ८ महिला गरी ५८ जनाले रक्तदान गरेका छन्।
Facebook Comments


























