फागुन २२ । पाहुना टिम अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले जितेको छ।
बुधबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले एक खेल बाँकी रहदै सिरिज २-० ले आफ्नो बनाएको हो।
अष्ट्रेलियाले दिएको २ सय ७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो।
दक्षिण अफ्रिकाको जितमा जन्नीमन मालनले अविजित रहदै १ सय २९ रनको शतकीय इनिङ्स खेले। हेन्रिच क्लासेनले ५१ रन जोड्दा जेजे स्मुट्सले ४१ रन जोडे। यस्तै डेभिड मिल्नरले ३७ रन बनाए।
अष्ट्रेलियाका एडम स्मिथले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ७१ रन बनाएको थियो। उसका आरोन फिन्च र म्याथ्यु सर्टले समान ६९/६९ रन बनाए। मिचेल मार्शले ३६ रन जोड्दा डेभिड वार्नरले ३५ रन बनाए।
दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ६ विकेट लिए।
जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ। पहिलो खेलमा दक्षिण अफ्रिका ७४ रनले विजयी भएको थियो। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











