काठमाडौं, फागुन २१ । ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आउने भएकी छन्।
मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा बिहीबार नेपाल आउने विश्वसुन्दरी टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन्।
उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने भएकी हुन्। सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो।
त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन्। नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न उनीसहित मिस वर्ल्ड आयोजक संस्थाका प्रतिनिधि पनि आउने भएका हुन्।
Facebook Comments


























