गुल्मी, फागुन १९ । गुल्मीको धुर्कोटमा एक जना व्यक्ति मृत फेला परेका छन्।
धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुष व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए।
शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको उनले बताए।
त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शवको सदगत गरेको छ। कहीँ कतैबाट पनि मृतकको पहिचाहन हुन नसकेपछि बेवारिसे शवको सदगत गरिएको प्रहरीले जनाएको छ।
जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिरमा बिरामी अवस्थामा फेला परेका नाम थर वतन नखुलेका व्यक्तिको गुल्मी अस्पतालमा मृत्यु भएको थियो।
Facebook Comments


























