काठमाडौं, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवामाथि अभद्र व्यवहारमा सात दिनको म्याद थप भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको बताए।
तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि तिरुवाले राष्ट्रिय सभागृहमा आइतबार जुत्ता प्रहार गरेका थिए।
रतनले प्रहार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन।
Facebook Comments

























