काठमाडौँ, । चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनालाई आज घर फर्काउने तयारी गरिएको छ।
उनिहरुमा कोरोनाको सङक्रमण भए, नभएको पुष्टि भएपछी उनिहरुलाई घर फर्काउने तयारी छ। दोस्रो पटक गरिएको स्वास्थ्य जाँचको रिपोर्ट आएपछि उनीहरुलाई घर पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। धेरै जनाको स्वाब नमूना एकै पटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको आयो भने मात्रै घर फर्काइने मन्त्रालयले जनाएको छ।
चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जना भने क्वारेण्टाइन बसाई पूरा गरी हिजै घर फर्किएका छन्। उनीहरुलाई नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेण्टाइनमा राखिएको थियो।
Facebook Comments

























