काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनःप्रत्यारोपण बुधबार गरिने भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पछाडि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुने बताए।
श्रेष्ठले भने, “बुधबार प्रधानमन्त्रीको मिर्गौला पुनःप्रत्यारोपण हुनेछ, त्यसका लागि सोमबार नै अस्पताल भर्ना हुनु हुनेछ।” आइतबार बसेको सचिवालय बैठकले पुनःप्रत्यारोपणको कामना गरेको प्रवक्ता श्रेष्ठले बताए।
पुनःप्रत्यारोपणको तयारी ९९ प्रतिशत पूरा भइसकेको उनले बताए। १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौला काम नगरिए पछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन्।
Facebook Comments


























