वीरगञ्ज, फागुन १८ । गत बुधबार वीरगञ्ज महानगरपालिका–१६ नगवा स्थित बाइपासमा अटो रिक्साले ठक्कर दिएका मनोजकुमार चौरसियाको आइतबार उपचारका क्रममा मृत्यु भएको छ।
ठक्कर दिने ना ३४९३ नं.को अटो रिक्सा र विनोद महतो कोइरी र कन्हैया महतो कोरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
ठक्कर दिएर अटो फरार रिक्सा सहित विनोद महतो कोइरी र कन्हैया महतो कोरी दुवैलाई पक्राउ गरी कारवाही अघि बढाएको प्रहरीले जनाएको छ।यसैगरी आइतबार विहान वीरगञ्ज–१६ बसपार्क स्थित चौधरी होटल एण्ड लजमा ठेगाना नखुलेका काठमाडौं बस्ने जीवन लामा मृत भेटिएका छन्।
प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको जनाएको छ।
Facebook Comments


























