काठमाडौँ, फागुन १८ । अब कामदार भिसामा पनि अमेरिका जान सकिने भएको छ। कामदार भिसा मार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले मार्च १ अर्थात आइतबारबाट आवेदन खुला हुदैछ।
पूर्वीय समय अनुसार ‘भिसा एचवान बी’ आज मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुल्दै छ। यो आगामी २० दिन अर्थात मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसकाले यो आवेदन आर्थिक बर्ष २०२१ का लागि खुलाएको हो। यसका लागि आवेदन निर्धारित समयसम्ममा विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ।
जसका लागि अनलाईन दर्ता गर्न १० डलर शुल्क लाग्नेछ। फारम भरेपछि आवेदकलाई युएससीआईएसले कन्फर्मेशन कोड पठाउनेछ। आँफु छनौंट भएको वा नभएको यकिन गर्न नतिजा मार्च ३१ मै हेर्न सकिने छ। छनौट भएका अवेदकहरुले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्ने र तोकिएका सबै प्रकृया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने बताइएको छ।
उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो प्रकृया अघि बढाइएको सुचनामा उल्लेख गरिएको छ। अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुको लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेशन दिन लागेको हो।
यो पटक ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा खुलाइएको छ। त्यस्तैगरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा खुलाइएको छ। यद्यपि अमेरिकामै मास्टर्स डिग्री गरेकाहरु पनि ६५ हजारको कोटामा आवेदन दिनसक्ने सुचित गरिएको छ।


























