फागुन १४। चलचित्र ‘हिजो आजका कुरा’को ‘माया जदौ’ बोलको गीत सार्वजनिक भएको छ। साकार पन्तको डेब्यु निर्देशनमा कलाकार सन्तोष पन्तको प्रस्तुति रहेको चलचित्रको सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको आवाज रहेको छ। आनन्द अधिकारीले लेखेको उक्त गीतमा दीपक शर्माले संगीत भरेका छन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य लगायतका थुप्रै कलाकारलाई प्रस्तुत गरिएको छ।
चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। चलचित्र आगामी बैशाख १२ गते प्रर्दशनमा आउँदैछ।
पन्त फिल्म प्रोडक्सनमा निर्मित चलचित्रको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक)र सचितकुमार मिश्र छन्। रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा रहेको छ।

























