चितवन, फागुन १० । टिकौली जंगलमा बलेरोको ठक्करबाट जंगली जनावर हरिणको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका वडा नं १० र ९ को बिचमा पर्ने टिकौली जंगलमा बलेरोको ठक्करबाट जंगली जनावर हरिणको मृत्यु भएको हो।
बेलुका सवाँ ५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ च १४५१ न. को बलेरोले बाटो काट्दै गरेको भाले हरिणलाई ठक्कर दिँदा हरिणको ठोक्किएर मृत्यु भएको छ।
ठक्कर दिने बलेरोलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ।
Facebook Comments


























