फागुन ९ । शिवरात्रिको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को फस्ट लूक सार्वजनिक गरिएको छ। सामाजिक कथामा बनेको सस्पेन्स जानराको फिल्ममा अमरदिप सापकोटाको निर्देशन छ।
सापकोटाले यसअघि ‘कारखाना’ नामक फिल्म बनाएका थिए। जुन व्यावसायिक रुपमा असफल भएको थियो।
‘प्रेम पूजा’ को छायांकन वैशाखबाट थालिनेछ। फिल्मलाई काठमाडौं, चितवन तथा भारतको वनारसमा छायांकन गरिने निर्माण टिमले जनाएको छ। फिल्मलाई अभिमन्यु निरवीले लेखिरहेका छन्।
नयाँ तथा पुराना पुस्ताका कलाकारको अभिनय रहने केही कलाकार अडिसनमार्फत लिइने जनाइएको छ।
निर्माण टिमका अनुसार यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर रिलिज गरिने तयारी छ।
Facebook Comments


























