फागुन ९ । यूक्रेनको एक शहरमा दर्जनौँ प्रदर्शनकारीहरुले चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति सवार बसमा हमला गरेका छन्। ती व्यक्तिहरुलाई कोरोना संक्रमणबाट ग्रसित चीनबाट पोल्तावा शहरमा रहेको एक अस्पताल लैजान थालिएको थियो।
जहाँ उनीहरुलाई १४ दिनसम्म राख्ने योजना थियो। तर शहरका बासिन्दालाई डर छ कि कोरोना ग्रसित व्यक्तिलाई आफ्नो ठाउँमा ल्याइए संक्रमण त्यहाँ पनि फैलन सक्छ।
हमलापछि यूक्रेनका राष्ट्रपति वोल्दीमीर जेलेन्स्कीले नागरिकहरुलाई एकता देखाउन अपील गरेका छन्। उनले भने, ‘ यो याद राखौँ कि हामी सबै मानिस हौँ।’
Facebook Comments

























