रौतहट, फागुन ७ । प्रहरीको ‘मोस्ट वान्टेड’मा रहेका अभय सिंह पक्राउ परेका छन्। तराई जनतान्त्रिक मुक्ति मोर्चाका नारायणी अञ्चल इन्चार्जसमेत रहेका उनलाई प्रहरीले गोली प्रहार गरी चन्द्रपुर–४ बाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध काठमाडौं, सर्लाही र रौतहटमा शरीर बन्धक, चन्दा फिरौती ज्यान मार्ने उद्योगमा मुद्दा छन्।
इलाका प्रहरी चन्द्रपुर र बाराको संयुुक्त टोली उनको खोजीमा जुटेको थियो। आफू चढेको मोटरसाइकल छाडी उनी भाग्न खोजेको प्रहरीले जनाएको छ। प्रहरीले फायर खोल्दा देब्रे खुट्टामा दुई गोली लागेर उनी ढलेपछि नियन्त्रणमा लिइएको रौतहटका एसपी रविराज खड्काले बताए। सिंहको साथबाट पेस्तोल र पाँच राउन्ड गोली प्रहरीले बरामद गरेको छ।चन्द्रपुर अस्पतालमा उनको उपचार भइरहेको छ।
Facebook Comments


























