चीन, फागुन ६ । चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुगेको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेको हो। अरु १८ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ।
यो सँगै कोरनाबाट संक्रमित हुनेको कूल संख्या ७२ हजार ४ सय ३६ पुगेको छ। चिनियाँ समाचार एजेन्सीहरुका अनुसार त्यहाँका झण्डै ३ हजार स्वास्थ्यकर्मीमा कोभिड–नाइन्टिन अर्थात कोरोनाको संक्रमण भेटिएको छ।
संक्रमित हुने स्वास्थ्यकर्मीहरु अधिकांश हुबेईको वुहान शहरका नै छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेमा केही संख्यामा स्वास्थ्यकर्मीहरु छन्।
Facebook Comments


























