फागुन, ५ । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ। क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो।
तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन्। शुक्रबार भएको आक्रमणका जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।
तर क्यामरुनको विपक्षी पार्टीले घटनामा आर्मी संलग्न रहेको आरोप लगाएको छ। क्यामरुनको सरकारले देशको उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय रहेका विखण्डनकारीविरुद्ध विगत तीन वर्षदेखि कारवाही अभियान सञ्चालन गरिरहेको छ।
सरकारले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेको छैन। शुक्रबारको घटनामा मारिनेमा गर्भवती महिला पनि रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले उल्लेख गरेका छन्।
मारिनेमा १४ जना बालबालिका रहेको र त्यसमध्ये ९ जना पाँच वर्षमुनिका रहेको संयुक्त राष्ट्रसंघको मानवीय सहायता संगठन ओसिएचएका अधिकारी जेम्स नुनानले बताएका छन्। घटनापछि स्थानीय बासिन्दा त्रसित भएको उनले बताए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











