काठमाडौं, फागुन २ । काठमाडौं महानगरपालिका २६ नयाँबसपार्कबाट सुन जस्तो देखिने पहेंलो धातुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
करिब १ सय ५० ग्राम सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका ५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बा १ य १०१२ नम्बरको पर्यटक ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी ट्याक्सीमा सवार उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments

























