फागुन २ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले “जता नि चोर”बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। लुट्न सके लुट कान्छा को भाग २ को रुपमा “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” भन्ने गीत सार्वजनिक गरेका हुन्।
‘लुट्न सके लुट कान्छा’ बोलको गीत अत्यन्तै लोकप्रिय तथा विवादास्पद रहेको थियो। नेपालको राजनीतिक परिवेशलाई व्यङ्ग्य गर्दै पशुपति शर्माले सार्वजनिक गरेको उक्त गीतलाई युट्यूबबाट हटाएइको थियो।

शर्माको आफ्नै लय शब्द तथा एकल आवाजमा रहेको यस जता नि चोर गीतलाई आफ्नै यू ट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन्।
Facebook Comments

























