चितवन, फागुन १ । नायिका पूजा शर्माको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु–२’को ट्रेलर सार्वजनिक भएको छ। यही फागुन ३० गते प्रदर्शन मिति तय भएको चलचित्रको पहिलो ट्रेलर बिहीबार बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। नायिका पूजाले ‘म यस्तो गीत गाउँछु’ चलचित्र हिट भएपछि त्यसैको सिक्वेलमा दोस्रो चलचित्र निर्माण गरेकी हुन्।

म यस्तो गीत गाउँछु–२ मा पनि प्रमुख भूमिकामा पूजासँग पल शाह देखिएका छन्। पूजा र पलका आलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायालगायतका कलाकारले अभिनय गरेका छन्। सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको लेखन र निर्देशन पनि सुदर्शन थापाले नै गरेका हुन्।

सौरभ लामाले दृश्य छायांकन गरेका चलचित्रको ‘तिम्रो घरको वारिपारी’, ‘कसम’बोलको गीत यसअघि नै सार्वजनिक भएको थियो। दुवै गीत दर्शकले मन पराएका छन्। यसअघि म यस्तो गीत गाउँछु चलचित्र २०७४ असार ३० गते प्रदर्शन भएको थियो।


























