चितवन, माघ २७ । कम्प्युटर एसोसिएसन (क्यान) महासंघ चितवन शाखाले सोमबार साइबर सुरक्षासम्बन्धी एकदिने सेमिनार सम्पन्न गरेको छ। यही माघ २४ गतेबाट नारयणगढको लायन्स चोकस्थित पुरानो तरकारी बजारमा जारी ‘पाँचौँ क्यान इन्फोटेक-२०२०’ अन्तर्गत सेमिनार आयोजना गरिएको हो।
उक्त सेमिनारमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सूचना प्रविधिको प्रयोग र आवश्यकताबारे जानकारी गराएका थिए। (क्यान) महासंघ चितवनका नि:वर्तमान अध्यक्ष भानु शर्माले सूचना प्रविधिअन्तर्गत सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालको सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोले साइबर सुरक्षासम्बन्धी जानकारी महत्त्वपूर्ण रहेको बताए।
साइबर सुरक्षा सम्बन्धी सेमिनारबाट विशेषगरी विद्यार्थीहरुलाई फाइदा पुग्ने कार्यक्रम संयोजक भीम सापकोटाले जानकारी दिए। पाँचौँ क्यान इन्फोटेक भोलि माघ २८ गते सकिँदैछ।


























