सिड्नी, माघ २६। पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन।
युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो। अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए।
मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे। पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो। एएफपी
Facebook Comments


























