काठमाण्डौं, माघ २५ । आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ सय रन पुरा गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ३० ओभरमा ५ विकेट १०२ रन बनाएको हो।
कमजोर ब्याटिङ गरिरहेको नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतकिय उत्कृष्ट साझेदारी गर्दै नेपालको ब्याटिङ उकासेका थिए।
जसमा मल्ल २७ रन बनाउँदा विनोद भण्डारी २५ रनमा खेलिरहेका छन्। यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी पवेलियन फर्किएका छन्।
कप्तान मल्ल २१ रनमा खड्का १९ रनमा, सुवास ३ रनमा, आरिफ २ रनमा आउट हुँदा उपकप्तान ऐरी शून्यमै आउट भए।
अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो। कसिलो बलिङ गरिरहेको अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र क्यामरुन स्टेभेन्सनले समान २–२ विकेट लिए भने रस्टी थेरमले एक विकेट लिएका थिए।
लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो। लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने घरेलु मैदानबाट शृङ्खला शूरु गरेको नेपालले अंक तालिकामा खाता खोल्न सकेको छैन्। शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आजको खेलमा जीतको खोजिमा छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











