माघ २४ । अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन्। ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन्।
सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी थिइन्। अन्तरिक्ष यानबाट बाहिर निस्किएपछि हर्षित हुँदै उनले भनिन्, ‘म निकै उत्साहित र खुसी छु। अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेको बेला यो मेरो सम्मान हो।’
क्रिष्टिना कोचले पेगी हिविट्सनको रेकर्ड तोडेकी छन्। यसअघि पेगीको नाममा २८९ दिनसम्म अन्तरिक्षमा बिताएको रेकर्ड थियो। अन्तरिक्षमा सबैभन्दा लामो समय (४३७ दिन) बिताउने व्यक्ति भने रुसका भलेरी पोल्याकोभ हुन्।
४१ वर्षीया क्रिष्टिना कोच अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत अमेरिकी इन्जिनियर हुन्। नर्थ क्यारोलिना विश्वविद्यालयबाट उनले इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर पास गरेकी छिन्। उनलाई नासाले सन् २०१९ को मार्च १४ मा अन्तरिक्षमा पठाएको थियो।
क्रिष्टिनाले पृथ्वीको कक्षलाई ५ हजार २ सय ४८ पटक घुमेको नासाले जनाएको छ। यस क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन्। नासाका अनुसार उक्त दूरीबराबरको यात्रा गर्दा पृथ्वीबाट चन्द्रमामा २ सय ९१ पटक ओहोर-दोहोर गर्न सकिन्छ।
क्रिष्टिनासँग नासाका अन्य दुई जना सहकर्मीहरु पनि थिए। सन् २०१९ को अक्टोबरमा क्रिष्टिना र जेसिका मेयरले अन्तरिक्ष केन्द्रबाहिर स्पेसवाक गरेका अर्थात् हिँडेकासमेत थिए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











