माघ २१ । केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ। राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ।
सानो भर्याङबाट सबै विद्यार्थी एकै पटक निस्कन खोज्दा भागदौड भएको आशंका गरिएको छ। घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन।
Facebook Comments


























