काठमाण्डौं, माघ २०। प्रहरीले मोटरसाइकल लाइसेन्स लिनका लागि हुने ट्रायल परीक्षा दिन गएका एक जना नक्कली प्ररीक्षार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीका २१ वर्षीय ललित जोशी छन्।
उनी जुम्लाका श्रीप्रसाद दाहालको ट्रायल परीक्षा दिन नेपाल ड्राइभिङ ट्रायल सेन्टर, सुकेधारा पुगेपछि पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए।
उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उनले जनाए।
Facebook Comments

























