काठमाण्डौं, माघ २० । सुनको मूल्य सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छावापाला सुनको मूल्य सोमबार पनि यथावत छ।
छापावाला सुनको मूल्य प्रति १० ग्राम ६५ हजार पाँच सय ८५ कायम गरेको महासंघले जनाएको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै महासंघले तेजाबी सुनको मूल्य प्रति १० ग्रामको ६५ हजार तीन सय ३० रुपैयाँ तोकेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा भने १० रुपैयाँले बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments

























