सुनसरी, माघ १९ । सुनसरीको रामधुनी नगरपालिकाअन्तर्गत तित्रीबनमा हायस माइक्रो र बस एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी १४ जना घाइते छन्।
आइतबार बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो।
Facebook Comments

























