माघ १८ । उत्तर प्रदेशको फर्रुखाबादमा बिहीबार एक व्यक्तिले २३ बालबालिकालाई बन्धक बनाएका थिए। करिब ९ घण्टाको अप्रेशनपछि प्रहरी मुठभेडमा सुभाष बाथम नाम गरेका ती व्यक्तिको मृत्यु भयो । प्रहरी सबै बालबालिकालाई सकुशल उद्धार गर्न सफल भयो।
सुभाष बाथमको मृत्यु जहाँ प्रहरी मुठभेडमा भयो त्यहाँ उनकी पत्नीले पनि शुक्रबार अन्तिम स्वास लिइन्। प्रहरी अधिकारीका अनुसार सुभाष बाथमसँग रिसाएका गाउँलेहरुले उनकी श्रीमतीलाई कुटपिट गरे।
गाउँलेको कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई अस्पताल भर्ना गरियो। तर शुक्रबार दिउँसो उनको मृत्यु भयो।