काठमाण्डौं, माघ १७ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु ३०० घटेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो।
यसैगरी तेजावी सुन तोलमा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ। चाँदीको मूल्य भने बिहीबारको तुलनामा रु १० बढेर तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ।
Facebook Comments


























