माघ १६ । केही दिन पहिला अजय देवगनले आफ्नो फिल्म मैदानको एक पोस्टर शेयर गरेका थिए।
अब यो फिल्मको ‘फर्स्ट लुक’ बाट अजय देवगनले पर्दा हटाएका छन्। फिल्म मैदानमा अजय देवगन भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाइरहेका छन्। जसको लुक्स सार्वजनिक भएको छ।
फिल्मको पहिलो पोस्टरमा अजय देवगनलाई कोचको लुक्समा देख्न सकिन्छ। सानो कपाल र जुँगाका साथमा उनी निकै आकर्षक देखिएका छन्। पोस्टरमा अजयका साथमा फुटबल टीमका खेलाडीपनि उभिएका छन्। खेलाडी जुन मैदानमा उभिएका छन् त्यहाँ पानी परिरहेको छ र उनीहरु माटोमा लतपतिएका छन्।
त्यस्तै दोस्रो पोस्टरमा अजयको पूरा स्वरुप देख्न पाइन्छ। जसमा अजय एक्लै छन्। एक सामान्य मानिसको रुपमा उनले सर्ट र पाइन्ट लागएका छन्। उनको हातमा व्याग र छाता रहेको छ। साथै उनी फुटबललाई हानिरहेका छन्। उनको अनुहारमा हल्का मुस्कान पनि रहेको छ।


























