चितवन, माघ १६ । माडीमा बोल्न नसक्ने एक वृद्धामाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। माडी नगरपालिका वडा नं २ सितलपुरमा वृद्धामाथि बुधबार साँझ सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
सामूहिक जबरजस्ती करणीको आरोप लागेका माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश सारु मगर र २५ वर्षका सुरेश चापागाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए।
वृद्धालाई खोला नजिक लगेर तीन जना युवाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ। पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी भईरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए।