काठमाण्डौं, माघ १५। गत बर्ष मनाङले कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पार्यो। मनाङले कीर्तिमानी लिग जित्दा संकटा क्लब उपविजेता बन्यो। दोस्रो स्थानमा रहेपनि संकटा मनाङभन्दा ८ अंकले पछाडि थियो।
सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब आमने सामने हुँदैछन्। बुधबार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक खेल मात्रै हुने बताएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको ६१ औं खेलमा दुबै टिम जित निकाल्न चाहन्छ।
Facebook Comments