काठमाडौँ, माघ १४। हिउँदे अधिवेशन सुरु भएको एक महिनापछि आजबाट प्रतिनिधिसभाको बैठक सञ्चालन हुँदैछ। प्रतिनिधिसभाले नयाँ सभामुख पाएसँगै मंगलबार बाट अधिवेशन सञ्चलनको बाटो खुलेको हो।
आजको बैठक सभामुख अग्नि सापकोटाले सञ्चालन गर्नछन् । यस्तै, प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भनेर सत्तापक्ष र विपक्षी दलहरु रणनीति बनाउन जुटेका छन्। विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ।
Facebook Comments