चीन, माघ १३ । चीनमा फैलिएको वुहान कोरोनोभाइरसको प्रकोपलाई रोक्नको लागि चीनले युद्धस्तरमा लागिपरिरहँदा सोही संक्रमणका कारण मर्नेहरुको संख्या बढेर ८१ पुगेको छ।
चिनियाँ अधिकारीहरुले सोमबार दिएका जानकारीअनुसार चीनभरिमा जम्मा २७४४ जनामा संक्रमण फेला परेको छ।
कोरोनोभाइरसको सबैभन्दा ठूलो प्रकोप त्यसको उद्गमस्थल मानिएको वुहानमै भएको छ। चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पछिल्लो पटक २४ जना मरिसकेका छन् भने वुहानमा देखापरेको संक्रमणको गतिलाई रोक्न र सुस्त तुल्याउन पूरै क्षेत्रलाई ‘बन्द’ गरेका छन्। त्यहाँ जान र त्यहाँबाट बाहिर निस्कन निषेध गरिएको छ र त्यहाँका वासिन्दाहरुलाई घरभित्रै बस्न उर्दी नै जारी गरिएको छ। चीनका जनताका लागि सबैभन्दा दुर्भाग्यपूर्ण कुरा चाहिँ के भएको छ भने यो खतरनाक भाइरसको महामारी त्यो बेला देखापरेको छ, जुनबेला चिनियाँ जनताहरु नयाँ वर्ष मनाउने तयारी गरिरहेका थिए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











