माघ १२। चलचित्र ‘सेन्टिभाईरस’को ट्रेलर सार्वजनिक हुँदैछ। जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागी सुबिहानी फिल्म्सको प्रस्तुति नेपाली कथानक चलचित्र ‘सेन्टिभाईरस’को माघ १५ गते सार्वजनिक हुने भएको हो।
निर्माता डिन्डु लामा हेल्मो तथा रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘ सेन्टिभाईरस’मा सिताराम कट्टेल (धुमुस्स) ,कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, सुर्यमाला खनाल, राजाराम पौडेल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, बसन्त भट्ट, कमलमणि नेपाल लगाएतका कलाकारहरु देखिने छन्। चलचित्र फाल्गुन ९ गते प्रर्दशन हुँदै छ।
चलचित्र को पहिलो गीत फनफनी भने सार्वजनिक भइसकेको छ। (भिडियो सहित)
Facebook Comments