काठमाण्डौं, माघ १० । नेपाल विद्युत प्राधिकरणको काठमाडौंको कुलेश्वरस्थित वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग लिएको २५ हजार घुससहित २ जना कर्मचारी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ज्यालादारीमा कार्यरत कर्मचारी कृष्ण मुरारी चौधरी र बिजुलीको पोल गाड्ने काम गर्ने पुरुषोत्तम दाहाल छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो।उनीहरुलाई काठमाडौं महानगरपालिका–१४ स्थित गुडफुड तन्दुरी पसल अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
Facebook Comments


























