काठमाण्डौं, माघ ४। बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगनलाई फेरि अर्को सफलता प्राप्त भएको छ।
यसअघिका फिल्म ‘गोलमाल’ देखि ‘रेड’, ‘टोटल धमाल’, ‘दे दे प्यार दे’सम्मले सय करोड क्लबमा टिकाएका अजयको पछिल्लो फिल्म ‘तान्हाजीः द अनसङ वारियर’ले सय करोड पार गरेको छ।
पहिलो दिन गत शुक्रबार १४ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको ‘तान्हाजी’ले दोस्रो दिन गत शनिबार झन् बढाएर १९ करोड ७५ लाख कलेक्सन गरेको थियो। यसलाई उत्कृष्ट सफलता मानिएको छ।
बक्स अफिस इन्डियाका अनुसार, यसले पहिलो सप्ताहमा एक सय १६ करोड भारतीय रुपैयाँ कमाएको छ। फिल्ममा अजयसँगै काजोल, सैफ अलि खान, शरद केल्कर र नेहा शर्माको अभियन रहेको छ।
अजयका धेरैजसो फिल्म रोहित सेट्टीले निर्देशन गरे पनि यो चाहीं ओम रावतले निर्देशन गरेका छन्। फिल्म सन् १६७० मा भारतको सिंहगढमा भएको युद्धको कथामा आधारित छ।