काठमाण्डौं, माघ ४ । मौसम बिस्तारै सुधार हुने क्रममा रहेको छ। तर पूर्ण रुपमा सुधार भने भएको छैन। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बिस्तारै कम भई मौसममा क्रमिक सुधार आउने क्रम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम सुधार हुने क्रममा रहे पनि हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ। यस्तै देशका एक–दुई स्थानमा पानी परिरहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
शनिबार दिनभर देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन्। पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिएको मौसमविदले बताएका छन्।
यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ। शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुनेछ। हाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको मौसमविदले बताएका छन्। आइतबारदेखि भने मौसम सफा हुने जनाइएको छ।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







