काठमाण्डौं, माघ २ । नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाण्डौँ आउँदै गरेको ना ७ ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए।
ती फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ। रासस
Facebook Comments