काठमाण्डौं, माघ २ । सभामुखका लागि उम्मेदवार चयनमा नेपाल कम्युनिष्ट पार्टीमा अझै कुरा मिल्न सकेको छैन। माघ ६ गते बोलाइएको प्रतिनिधिसभा बैठक अगावै सभामुखबारे निर्णय लिनुपर्नेमा नेकपा अध्यक्षद्वय नै छलफलमा नजुटेको बताइएको छ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहालबीच आइतबारदेखि संवादहिनको अवस्था रहेको नेकपाका नेताहरुले नै बताएका छन्। अध्यक्ष दाहाल सहितका सचिवालय सदस्यहरु वामदेव गौतमको निवासमा भेला भएपछि ओली रुष्ट बनेको बताइएको छ।
सभामुख पूर्वएमालेले लिने वा पूर्व माओवादीको भागमा पर्ने भन्नेमा विवाद कायमै रहेको छ। यता, उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार नटुंगिएसम्म राजीनामा नदिने अडान राख्दै आएकी छिन्।
Facebook Comments