माघ १ । पछिल्ला दिन सलमान खान आफ्नो नयाँ फिल्मका कारण चर्चामा छन्। उनले सन् २०२१ को ईदको अवसर पारेर रिलिज हुने गरी फिल्म ‘कभी ईद कभी दिवाली’ को घोषणा गरिसकेका छन्।
फिल्मको नामजस्तै यसको कहानी पनि उत्तिकै मजाको छ। भारतीय मिडियाका अनुसार फिल्ममा हिन्दू मुस्लिम एकताको देखाइनेछ।
यतिबेला भारतमा जुन ध्रुवीकरण र नकारात्मक माहोल बनेको छ, यस्तो अवस्थामा सद्भावको सन्देश फिल्मले दिनेछ। फिल्मको कहानी सलमान खानको आफ्नै परिवारसँग पनि जोडिएको छ। उनका पिता मुस्लिम हुन्। आमा हिन्दू हुन्। सौतेली आमा हेलेन क्याथोलिक हुन्।
फिल्मले यस्तै कहानीलाई उठान गर्नेछ। फिल्म सलमानसँगै भाइचाराको भावनामा केन्द्रित हुनेछ। यो फिल्मलाई फरहाद समजीले निर्देशन गरेका छन् भने साजिद नाडियाडवाला फिल्मको कथा लेख्नेछन्।
Facebook Comments